कलैया,
आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साहले खेलाडीहरु देशको गहना भएको बताउनुभएको छ ।
मेयर कप टी २० क्रिकेट प्रतियोगिताको चिउटाहाँ खेल मैदानमा सोमवार उद्धाटन गर्दै प्रमुख अतिथिसमेत रहेका साहले खेल र खेलाडीहरुको संरक्षण एवम सम्वद्र्धन गर्न सके मात्र मुलुकमा खेलकुदको विकास हुने बताउनुभयो ।
पालिकाबाट आफुले खेलाडीहरुको क्षमता अभिवृद्धिसंगै घरेलु मैदानमा अभ्यास गर्नका खेल मैदान व्यवस्थापनको लागि हरेक वर्ष बजेटको व्यवस्था गरि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष साहले जानकारी दिनुभएको छ ।

चिउटाहा क्रिकेट क्लबका अध्यक्ष मिथलेश शर्माको अध्यक्षतामा सम्पन्न उद्धाटन कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियार, वडा नम्बर १ का वडा अध्यक्ष सुनिलप्रसाद कुसवाहा, वडा नम्बर ८ का वडा अध्यक्ष हरिनायारण कुसवाहालगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना मन्तव्य व्यतm गरेका थिए ।
आयोजक क्लबका तिजुली साहले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपाअध्यक्ष मिरादेवी यादव, वडा अध्यक्षहरु मनोज कुसवाहा, शशीभुषण प्रियदर्शी, शेख जवाहिर, रुपेशनारायण सिह, कार्यपालिका सदस्य गुन्जेशवरी साहलगायतको सहभागिता रहेको थियो ।६ दिनेसम्म चल्ने प्रतियोगितामा वीरगञ्ज, कलैया, हेटौडा, जनकपुर, सिम्रौंनगढ, चिउटाहाँ क्रिकेट क्लबको सहभागिता रहेको छ ।

Leave a Reply