२०६० साल ताका मुलुकमा सशस्त्र संघर्ष चलिरहेको थियो । आम नागरिकहरुमा भय,त्रास अनि एक खालको निराशा थियो । राजनीतिक हिसावले त देश यसैपनि भद्रगोल थियो । यस्तो बिषम अवस्थामा कृपा साप्ताहिक संचालन गर्ने लक्ष्य लिएर जिल्ला प्रशासन कार्यालय बारामा दर्ता भयो । दर्ता भएको केही समयपछि साप्ताहिक पत्रिकाको रुपमा कृपा बाराका आम नागरिहरुको माझमा पुग्यो। छोटो समयमा कृपा साप्ताहिकले यति धेरै पाठक पायो किन जसको अहिले बवर्ण गर्ने ठाउ नै छैन । चरम लोड सेडिंगको समयमा पत्रिका चलाउनु साच्चै फलामको चिराउ चपाए समान थियो ।

 

 

 

 

 

 

 

यी सबै चुनौतीलाई सहर्ष स्वीकार्दै साप्ताहिक भएको एक बर्षपछि कृपा दैनिक भयो । बारामा जतिबेला केही साप्ताहिक पत्रिका थिए । दैनिक पत्रिका थिएनन्। पत्रिका भनेको के हो भन्ने नै नागरिकहरुका लागि नौलो बिषय थियो । यस्तो अवस्थामा बारामा दैनिक पत्रिका स्थापित गराउन निकै हम्मे भएको थियो तर बाराका आम नागरिक समाजको अधाग मायाँले यी सबै पीर हामीस्ले बिर्सियौं ।

 

 

 

 

 

 

 

 

अहिले कृपा दैनिक राष्ट्रिय दैनिकमा प्रेस काउन्सील नेपालले बर्गीकृत गरेको छ । कृपा आफैमा पनि राष्ट्रिय पत्रिका हो । यसले समाज रुपान्तरणका लागि हिजो चलाएको अभियान ,आज चलाइरहेको अभियान र भोलि चलाउने अभियान स्पष्ट छ । यसले कहिल्यैपनि ब्यवसाय ठानेको छैन । पत्रिकाको बार्षिकोत्सवमा एकल महिलालाई प्रमुख अथिति बनाएको इतिहास छ । पत्रिकाले नवजान कल्षणकारी कोष नै संचालनमा ल्याएको छ ।

 

 

 

 

 

 

 

पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको पिताको नाउँमा पुरस्कारको ब्यवस्था गरेको छ । यसैबाट पनि स्पष्ट हुन्छ कि कृपाले समाजमा पु¥याएको योगदानको । पत्रिका समाज हो,यसले समाजकै कुरा बोल्नेछ अनि कुरा काट्नेहरुसंग कुनै लेनदेन हुने छैन ।यो अवस्थामा ल्याउन कृपाका सबै पत्रकार,कर्मचारी,बाराका नागरिक समाज,राजनीतिक दल,संघसंस्था सबैमा हार्दिक आभार ब्यक्त गर्दै अझै सहियोगको अपेक्षा कृपा दैनिक परिवार गर्दछ ।

Leave a Reply