सिमरा,पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको सिमरास्थित इच्छा होटलमा आयोजित भेटघाट कार्यक्रममा विभिन्न जिल्लाबाट आएका राजावादी सङ्घसंस्थाका अगुवाहरूसँग भेटघाट गर्नुभएको छ ।भेटघाटको क्रममा उहाँले सहभागीबाट नेपालको पछिल्लो राजनीति अवस्थाबारे जिज्ञासासहित सुझाव र प्रतिक्रिया ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा पर्सा र बाराका राजनीति दलका कार्यकर्ताहरूको सहभागिता थियो । भेटघाटमा सहभागी राजावादीहरूले पूर्वराजा शाहको सक्रियतामा चाँडै क्रान्तिको विगुल फुक्न आग्रह गरेका थिए । उनीहरूले सम्पूर्ण जनता अहिलेको राजनीति र राज्य व्यवस्थाबाट आजित भइसकेको र क्रान्तिको विगुल फुकी देशको सत्ता हातमा लिन पूर्वराजा शाहलाई सुझाएका थिए ।यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भेट गर्नुभएको छ । सिमरा बँसाईको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न व्यक्ति तथा शुभेच्छुकहरुले भेट गरिरहेका छन् । सोही क्रममा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका प्रसाईंले पूर्वराजासँग भेट गर्नुभएको हो ।

















