कलैया,अभद्र व्यवहार मुद्दामा पक्राउ परेका आफ्ना साथीको रिहाइको माग गर्दै बाराको कलैयामा प्रदर्शनमा उत्रिएका ३ जना तेस्रो लिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार कलैया उपमहानगरपालिका– ५ निवासी महमद सरिफ मियाँ भाँडको जाहेरीपछि अभद्र व्यवहार मुद्दामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका प्रतिवादी खुश्बु भन्ने अफजल मियाँ दर्जीको रिहाइ माग गर्दै तेस्रो लिङ्गीहरुको एउटा समूहले जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा आज बिहान प्रदर्शन गरेका थिए । खुश्बुलाई हिरासत मुक्त गर्नुपर्ने मागसहित तेस्रो लिङ्गीहरुले अर्धनग्न प्रदर्शन गर्दै कलैया–वीरगञ्ज सडकसमेत अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।
बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै आवतजावत गर्ने सर्वसाधारण र सवारी साधनलाई समेत अवरोध पु¥याएर प्रहरीलाई लक्षित गर्दै गालीगलौज र अश्लील प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरी कार्यालयको मुल गेट तोडफोड गर्ने प्रयास गर्नुको साथै र कार्यालय परीसरभित्रै पसेर डियुटीमा रहेका प्रहरीलाई लक्षित गरेर गोप्य अंग प्रदर्शन गर्नुका साथै अश्लील गालीगलौज र हातपात प्रयाससमेत गरेका हुन ।

प्रहरीले पटक पटक सम्झाउने प्रयास गर्दा उल्टै आक्रमण भएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति साम्य पारेको थियो । सो क्रममा प्रहरीले तीन जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । लाठी चार्जबाट केही प्रदर्शनकारी सामान्य घाइते भएको पनि बताइएको छ । सो क्रममा कलैयामा केही बेल तनाब उत्पन्न भएको थियो ।
पक्राउ पर्नेहरूमा रौतहटको दवाही गोनाही नगरपालिका– ५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवी रहेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिनुभएको छ ।

Leave a Reply