पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ पिलुवास्थित भद्रकाली सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरुले अध्यारोमा बसेर पूर्वपश्चिम लोकमार्गको सुरक्षाको गर्दै आएका छन ।

 

राजमार्ग सुरक्षाको लागि निर्माण भएको आई.आर.टी.भवनमा विजुली बत्ति नहँदा प्रहरीले अध्यारोमा बसेर सुरक्षा प्रदान गर्दै आएका हुन । सशस्त्र प्रहरीको ४० नम्बर रिजर्भ गण भद्रकालीले लोकमार्गको पथलैयादेखि निजगढसम्मको २० किलो मिटर क्षेत्रमा को सुरक्षाको लागि गस्ति गर्दै आएको छ । भवनमा विगत डेढ महिनादेखि बिजुली नहुँदा सुरक्षाकर्मीहरुले रातको समयमा अध्यारोमा पनि ड्युटी गर्नु परेको हो । गणको मुख्य कार्यालयबाट लगिएको बिजुलीको तारमा समस्या आएपछि आईआरटी भवन अध्यारो भएको हो ।

 

बिजुली बत्तिको समस्या माथिल्लो निकायमा जाहेर गरिएको भएपनि अहिलेसम्म सुनुवाइ नभएकाले समस्या भोग्नु परेको डियुटीमा खटिएका एकजना सुरक्षाकर्मीले बताए । ‘बिजुलीको समस्या कार्यालय प्रमुखसम्म पुर्याएका छौं तर सुनुवाइ भएन ।’ नाम नछाप्ने शर्तमा एकजना सिपाहीले सुनाए ।

भद्रकाली चोकबाट ८ सय मिटर दक्षिणमा सशस्त्र प्रहरीको रिजर्व गणको मुख्य कार्यालय रहेको छ । सोही गणबाट बिजुलीको तार तानेर राजमार्गसँगैको सुरक्षा पोष्टमा पनि प्रहरीले बत्ती बाल्ने र पंखा चलाउदै आएका थिए । तार जलेको र मर्मत नहुदा रातको समयमा अध्यारोमा ड्युटी गर्न बाध्य भएको उनीहरुको गुनासो छ ।

 

पूर्वपश्चिम लोकमार्गमा हुने दुर्घटना, लुटपाट, चोरी तस्करी लगायतका अपराधिक क्रियाकलाप नियन्त्रणमा तत्काल परिचालन हुन सक्ने गरी शसस्त्र प्रहरी वल नेपाल नम्बर ४० रिजर्भ गण हेर्डक्वाटर पिलुवाले गत श्रावन महिनामा आई.आर.टी.भवनको निर्माण गरेको हो ।

 

जिल्लाका धेरै यात्रुले भद्रकाली चोकबाट नै सवारी चढ्ने र ओर्लने गर्दैआएका छन । २४ सैं घण्टा सरक्षाकर्मी तैनाथ हुने भएकाले यात्रुहरुले पनि सो स्थानलाई सुरक्षित महसुुस गर्दै आएका छन । तर बिजुली बत्ति नभएपछि सुरक्षाकर्मी भए र नभएको केही पनि फरक परेन एकजना स्थानीयले बताए ।

 

रिजर्व गण पिलुवकासशस्त्र प्रहरी उपरीक्षक संजय भट्टराईले तत्काल बिजुली बत्तिको व्यवस्थापन गरिने बताउनुभयो । ‘सबै प्रकृया पुरा भइसकेको छ, उहाँले भन्नुभयो, कामदारले समय नदिएकाले मात्रै केही ढिला हुन गएको हो ।’ ‘नेपाल विद्युत प्राधिकरण सिमरासँगको समन्वयमा चाढै नै आई.आर.टी.भवनमा बत्ति बाल्ने तयारी छ ।’ एसपी भट्टराई भन्नुभयो ।

 

निजगढदेखि पथलैयासम्मको करिब २० किलो मिटर राजमार्ग जंगल क्षेत्रमा पर्दछ । दैनिकजसो हुने दुर्घटना, वन तस्करी, अबैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले २४ सैं घण्टा गस्ती गर्दै आएको एसपी भट्टराईले बताउनुभयो । जोखिममा परेको समुहको तत्काल उद्धार र सुरक्षाका लागि राजमार्ग सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको सहजताको निमित्त रिर्जभ गण पिलुवा सचेत रहेको पनि गणपति भट्टराईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here