सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्ला पचरौता नगरपालिकाका नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा काठमाडौको टेकुमा पार्टी प्रवेस कार्यक्रम सम्पन्न भएको छ । विभिन्न कामको सिलशिलामा पचरौता नगरपालिकाबाट काठमाडौमा बस्दै आएका नगरबासीहरुलाई भेला गराएर पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा दुई सयजनालाई जनता समाजवादी पार्टीमा प्रवेश गराइएको नगर प्रमुख यादबले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि जसपा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रहनुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबुप्रसाद यादवको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रबेज आलम, हनिफ अन्सारी, सेराज अन्सारी, सदाम अन्सारी, सर्वसति देबी, अभिराम सिंह, बन्सी सहनी, सुरेन्द्र सिंहलगायत जसपामा प्रवेस गरेको थिए । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव, जसपा युवा नेता आलम अन्सारी, नसिर अन्सारी, अखिलेश यादव र कुसेश्वर साहको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अवधभुषण यादवले गर्नुभएको थियो ।















