कलैया,प्रदेश–२ मा माओवादी केन्द्रबाट पशमिना कादरीलाई सांसद बन्नुभएको छ । बाराका मोहम्मद समिरलाई पार्टीले कारबाही गरेपछि रिक्त भएको समानुपातिकको कोटाबाट पर्साकी कादरीलाई माओवादी पार्टीले सांसद बनाएको हो ।

पार्टीले मुस्लिम कोटामा समानुपातिक सांसदको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका १२ निवासी पशमिना कादरीलाई सांसद बनाएको र सभामुख सरोज कुमार यादवले शपथ ग्रहण पनि गराइसकेको माओवादी केन्द्रका सचेतक दिलिप साहले जानकारी दिनुभयो । मोहम्मद समीरसहित रामचन्द्र मण्डल, ज्वालाकुमारी साह र कुन्दन कुशवाहा एमालेमा प्रवेश गरेपछि माओवादीले पार्टीबाट बर्खास्त गरेको थियो ।

समीरबाहेक तीन जना प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । प्रदेश २ मा माओवादीका कुल ११ सांसदमध्ये ४ जनालाई कार्वाही गरेपछि ७ जना सांसद रहेकोमा कादरीलाई सांसद बनाएपछि सांसदको संख्या ८ पुगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here