हुनत अहिले स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरु छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावपछि अहिले हरेक स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिएका हुन् र उनीहरुले आफ्नो काम पनि गरिरहेका छन् । जनताले पठाएको प्रतिनिधिहरुले काम गर्न पाउनु जायज पनि हो र यो स्वभाविक पनि हो ।

तर, नेपालको सवालमा भने पछिल्लो समय कर्मचारी र जनप्रतिनिधिबीच विवाद बढ्न थालेको छ । चुनाव जितेर आएका जनप्रतिनिधि र लोकसेवा दिएर आएका कर्मचारीबीचको घमण्डका कारण पनि स्थानीय तहमा समस्या हुने गरेको छ । त्यसको प्रत्यक्ष असर मधेश प्रदेशका जिल्लाहरुमा अझै बढी देखिन्छ । जनप्रतिनिधिहरुको स्वार्थ वा उनीहरुको चाहना अनुसार चल्न नसक्दा पनि विवाद चलेको हो ।

बाराको निजगढ लगायतका वीरगन्ज महानगरपालिकाकै कुरा गर्ने हो भनेपनि यो समस्या सतह रुपमा देखिएको छ । कर्मचारीहरुको सहयोग बिना जनप्रतिनिधिहरुले केही गर्न सक्ने अवस्था छैन । त्यसैले पनि कर्मचारीहरुमा केही घमण्ड होला तर जनप्रतिनिधिहरुमा पनि उत्तिकै छ । त्यसैले कर्मचारी र जनप्रतिनिधि विवाद नगरी काम गरेको खण्डमा स्थानीय तह भनेको जस्तो हुनेछ ।

 

Leave a Reply