प्रचण्ड अथवा पुष्पकमल दाहाल नेपालको राजनीतिमा जवरजस्त उदाएको पात्र हो । यो पात्रको विषयमा जति चर्चा हुन्छ उति नै आलोचना पनि हुन्छ र यो पात्रको विषयमा समीक्षामा भने भविष्यमा होला नै । अहिले प्रचण्ड अनि उहाँले नेतृत्व गरेको पार्टी सरकार बाहिर छ । सशस्त्र संघर्षबाट उदाएको माओवादीबाट करिब दुई दशक गज्जबको सत्ताको स्वाद चाखेका प्रचण्डका लागि अहिले सत्ता बाहिरको राजनीति पीडादायी नै छ । त्यसैले प्रचण्डको कुरामा बाम एकता वा यस्तै यस्तै गन्ध आउने गरेको छ ।
पहिला त आफूले नेतृत्व गरेको माओवादी २०६४ सालमा कत्रो थियो अहिले कत्रो छ भनेर प्रचण्ड स्वयम्ले समीक्षा गर्न जरुरी छ । अब यो बाम–सामको नाउँमा जनतालाई झुक्काउने सोच प्रचण्डहरुले नराख्दा नै राम्रो हुन्छ । नेपालका जनताले यतिबेला काँग्रेस वा कम्यूनिष्टकोभन्दा पनि अलि फरक दल र नेताको उदय भएको हेर्न चाहिररहेका छन । त्यसैले बाम–सामको कुरा गरेपनि वा बाम नै एकता भएपनि अबको चुनावमा त्यस्तो ठूलो सफलता हासिल हुनेवाला पनि छैन ।
हुन त प्रचण्डको यसमा केही स्वार्थ पनि छ । जीवनको उत्तारद्र्धमा प्रचण्डको माओवादी नभइकन मर्न चाहने इच्छा छ ।
सका लागि बाम एकताको नाउँमा पार्टीको नाउँ फेर्न चाहनु पनि प्रचण्डको स्वार्थ हो नै तर अब यसमा पनि नेकपा एसका अध्यक्ष माधव नेपाल बाहेकले साथ दिने संभावना छैन । सत्तामा रहदा सबै बिर्सने प्रचण्ड प्रवृत्तिलाई जनताले राम्रोसंग ख्याल गरेका छन् र अब त्यस्ता प्रवृत्तिबाट जनता सचेत पनि भएकाले भ्रम छर्ने काम नगरेकै राम्रो होला  ।

Leave a Reply