नेपालीहरुलाई लाग्ने गर्दछ, यहाँका सामान्य नागरिकहरु सुरक्षित छैनन् । यो देशका ठूला व्यक्तिहरु समेत सुरक्षित नभएको र हत्यारा समेत पत्ता लगाउन नसकेको अवस्थामा नेपाली नागरिकहरुले सुरक्षित भएको महसुस गर्ने कुरा पनि भएन ।

नेपाल त यसै पनि असुरक्षित देश भन्ने कुरा प्रमाणित पनि भइसकेको छ । तर बिश्वका धनी र सुविधा सम्पन्न मुलुकमा पनि अपराध हुँदो रहेछ भन्ने कुरा देखिएपछि भने संसारको कुन चैं कुना सुरक्षित होला र भन्ने प्रश्न उब्जिएको छ ।

विभिन्न युद्धलाई सामान गरेर बिश्वको धनी मुलुकको रुपमा स्थापित भएको जापानमा समेत नागरिकहरु सुरक्षित नभएको र अझै त्यहाँका ठूला नागरिक पनि सुृरक्षित नभएको शुक्रवारको उए घटनाले स्पष्ट पारेको छ । त्यसो त त्यो घटनाले बिश्वको ध्यान पनि खिचेको छ । जापानका लोकप्रिय नेता पूर्वप्रधानमंत्री सिन्जो आबेको हत्या भएको छ ।

गोली हानेर उनको हत्या गरिएको छ । अब जापान जस्तो देशमा पनि त्यहाँका शीर्ष व्यक्ति नै सुरक्षित नभए पनि अब कसरी बिश्वका अन्य स्थानहरु सुरक्षित छन् भन्न सकिएला र ? हो, नेपाल जस्ता देशमा हत्याराहरुले उन्मुक्ति पाउनेछन् त्यहाँका हत्याराले उन्मुक्ति पाउने छैनन् तर ज्यान नैै गएपछि उनको कारबाहीको अर्थ भए पनि एक इतिहासको त अन्त्य भयो । त्यसैले अब बिश्वको कुन चैं कुना सुरक्षित होला र भन्ने प्रश्न भने उब्जिएको छ, आबेको हत्यापछि ।

 

Leave a Reply