बिदुर खडका

डुमरवाना,बाराको छातापिपरास्थित त्रिवेणी स्पेनिङ्ग मिल बिगत ३ महिनादेखि बन्द भएपछि कारखानामा काम गर्ने महिला मजदुरहरु मार्कामा परेका छन ।

कारखानामा काम गर्ने केही युनियनका नेताहरुको कुटपिटबाट कंम्पनी व्यवस्थापक पक्षका कर्मचारी घाइते भएपछि उत्पन्न विवादमा साउन महिनादेखि कारखाना बन्द भएको हो । काराखाना खोल्ने विषयमा युनियनका नेताहरुले व्यवस्थापन पक्षसंग पटकपटक बार्ता गरेको भएपनि कंम्पनीको तर्फबाट कुटपिटमा संलग्न १४ जना मजदुरलाई पुर्नबाहली गर्न नमानेपछि समस्या समाधान हुन नसकेको हो ।

लामो समयदेखि कारखाना बन्द हुँदा कारखानामा काम गर्ने १४ सय मजदुर अहिले बेरोजगार बनेका छन । १४ जना मजदुुरलाई कारबाही गर्ने नाममा कारखाना नै बन्द हुँदा सयौंले रोजगारी गुमाउनु परेको मजदुरले गुनासो गरेका छन ।

केहि महिनाअघि कंम्पनीमा देखिएको समस्या सामाधान गरेर कारखाना संचालनमा ल्याउन गठन भएको समितिले पनि कुनै निष्कर्ष दिन सकेको छैन । व्यवस्थाप पक्षले दोषि मजदुरमाथि कारबाही गरिनु पर्ने युनियनका नेताहरुले कारबाही फिर्ता लिनु पर्ने अडान राखेका कारण समस्या समाधान हुन नसकेको समितिका सदस्य कमलेस झाले बताउनुभयो ।

Leave a Reply