राजकुमार यादव

मौलापुर,रौतहटको देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनुुभएका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले सोमवार कार्यालयमा हाजिरी गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई नगर प्रमुख प्रेमलाल साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज यादव र लेखा अधिकृत प्रदिप यादवसहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यालयमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै अधिकृत साहले सुशासन कायम गर्दै देवाही गोनाही नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताउनुभयो । उहाँले देवाही गोनाही नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताउनुभयो । आफूले यसअघि काम गरेका सबै पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा देवाही गोनाहीलाई पनि १ नम्बरको पालिका बनाउने उहाँको भनाइ थियो ।

रौतहटको गौर नगरपालिकाबाट सरुवा भइ आउनुभएका अधिकृत साहसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । यसअघि बाराको देवताल गाउँपालिकामा, रौतहटको मौलापुर नगरपालिका, गौर नगरपालिकमा काम गरेको अधिकृत साहले बताउनुभयो ।

Leave a Reply