भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको विरोधमा बाराको सिमरास्थित ईलाका प्रशासन कार्यालय परिशरमा प्रर्दशन भएको छ । दोषिमाथि कारबाहीको माग गर्दै निजगढका स्थानीय युवाहरको समूहले कार्यलयमा धर्ना र प्रर्दशन गरेका हुन । तर कारबाहीको सवालमा भने राज्यका निकायहरुको चासो फिका देखिएको छ ।
यसको स्पष्ट कारण पनि छ– राजनीति । राजनीतिक स्वार्थमा राष्ट्रिय स्वार्थका विषय कमजोर बन्ने गरेका छन । । राजनीतिक स्वार्थ प्रभावमा परेर पनि नेपाली नागरिकता अब बजारमा बदाम बिक्री गरे जसरी बिक्री हुने अवस्था उत्पन्न भएको छ । छिमेकी देश भारतमा समेत नेपाली चेलीहरु विवाह गरेर गएको अवस्थामा कम्तिमा प्रन्ध वर्ष कुर्नु पर्ने अवस्था छ । तर नेपालमा अब त्यो अवस्था छैन ।
हालै भारतको समेत चासो र सहयोगमा संसदबाट नागरिकता विधेयक पास भएपछि अब भारतीय नागरिकहरुले नेपाली नागरिकता पाउनु सामान्य जस्तै भइसकेको छ । २०६३ सालमा आएको एउटा नागरिकता सम्बन्धी विधेयकले धेरै भारतीयहरुलाई नेपाली नागरिक बनाएको अवस्थामा फेरि आएको अर्को विधेयकले नेपालमा भारतीय नागरिकहरु थपिने निश्चित छ ।
हुनत यो कुरा भारत वा यो देशसंग नजिक रहेका र भारतबाट चेली विवाह गरेर ल्याएकाहरुका लागि पक्कै पच्दैन तर राष्ट्रियताको सवालमा परिवारभन्दा पनि एक इन्च अगाडि बढ्नु् पर्दछ । यो सोच नत नागरिकहरुमा छ नत देशका नेतामा नै छ । त्यसैले बारामा भारतीय नागरिकहरुले जसरी नेपाली नागरिकता लिए त्यसको विरुद्ध प्रदर्शन भएपनि कारबाहीको आशा भने झिनो नै छ ।
















