एसईईको परीक्षाफल प्रकाशित भएको करिब महिना दिनपछि माध्यामिक तह अर्थात कक्षा १२ को परीक्षाफल शुक्रवार सार्वजनिक भएको छ । एसईईको परीक्षाफलले खासै चित्त बुझाउने ठाउँ नभएको अवस्थामा फेरि कक्षा १२ को नतिजामा पनि आशा गर्ने ठाउँ चैं छैन । लगभग आधाजसो विद्यार्थीहरु कक्षा १२ मा पनि फेल भएका छन् । जुन राम्रो हुदै होइन । एसईईमा राम्रो नजिता आएन भनिएकोमा १२ कक्षाको परीक्षामा पनि यस्तै भएको छ । हुन त पछिल्लो दुई वर्षको तुलनामा १२ को यसपालीको नतिजा त राम्रो छ । तैपनि संतोष गर्ने अवस्था छैन ।
परीक्षामा सहभागी भएकामध्ये आधा जसो मात्र उत्तीर्ण हुन्छन् भने नेपालमा अहिले भइरहेको शिक्षा प्रणालीमाथि यसै पनि प्रश्न उठ्छ । त्यसो त नेपालको यो घोकन्ते विद्याको सवालमा प्रश्न उठे पनि यसको विकल्प खासै आएको छैन । जसले जे भनेर फुर्ती लगाए पनि व्यवहारिक शिक्षाको सवालमा अहिलेसम्मका राज्य संचालकहरु असफल भएका छन् ।
खाली नेपालमा जनशक्ति उत्पादन गर्ने अनि विदेश पठाउनेभन्दा अरु काम नेपालको यो पढाइले गर्नसकेको देखिदैन । पढेका सबै पास हुन्छन् नै भन्ने पनि छैन तर शिक्षा भनेको त व्यवहारिक हुनुपर्ने हो । केहीमा असफल भएपनि कुनै एकमा सफल भएर विद्यार्थीले आफ्नो जिविका चलाउन सक्नुपर्ने हो तर नेपालमा घोकन्ते विद्या नै छ अनि यसमा प्रतिस्प्रर्धाको पनि अभाव छ । यसैका कारण शिक्षामा सुधार भएको देखिदैन । अर्कोतर्फ यसमा तत्काल सुधारको संकेत पनि छैन ।

Leave a Reply