नरेश गुप्ता

बरियारपुर,नेपालको संविधान २०७२ को खारेजी तथा २०४७ को संविधान लागू हुनु पर्ने माग गर्दै बाराको कलैयामा प्रदशन गरिएको छ । बारा, पर्सा नागरिक समूहद्वारा आयोजना गरिएको प्रदर्शनले ०४७ सालको संविधान लागू हुनु पर्ने नारा लगाउदै कलैया बजार परिक्रमा गरेको थियो ।

बारा नागरिक समूहका संयोजक बृजकिशोर साहको अगुवाइमा निकालिएको र्यालीमा राजा आऊ देश बचाउ, एम सि सि चाहिदैन, २०७२ को संबिधान खारेज गर जस्ता नारा लगाइएको थियो । कलैयामा प्रर्दशनपछि सो र्याली वीरगन्जतर्फ प्रस्थान गरेको समूहको बारा संयोजक बृजकिशोर साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here