बरियारपुर,बारामा यौनजन्य कृयाकलाप गर्ने महिलाहरुको संख्यामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । निलहिरा समाज बाराले कलैयामा आयोजना गरेको संस्थाको तीन महिने गतिविधि तथा उपलब्धि समीक्षा सार्वजनिक गर्दै जिल्लामा बेश्यावृत्तिमा लागेका महिलाहरुको संख्यामा वृद्धि देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

समाजमा विद्यमान गरिवी र बेरोजगारी समस्याले बेश्यावृत्ति व्यवसाय चलाउने महिलाको संख्या बढेको हो । विशेष गरी जिल्लाका विभिन्न शहर बजारमा रहेका होटल तथा लजहरुमा काम गर्ने महिलाहरु यो पेसमा संलग्न हुने गरेको पाइएको छ ।

समाजका अनुसार बाराका बेश्यावृत्तिमा संलग्न झण्डै १ सय २१ जना महिला सम्पर्कमा आएको जनाइएको छ । उनीहरुमध्ये १ सय ८ जनाको एच आई भि परीक्षण जाँच गर्दा ४ जनामा एच आई भि पोजेटिभ भेटिएको समाज बाराकी संयोजक पूर्णीमा श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी पुरुषमाथि पनि यौन शोषण भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । यौन शोषणमा परेका १ सय ६५ जना पुरुष निलहिरा समाजकोसम्पर्कमा आएको तथा ९३ जनाको रगत परीक्षण गर्दा ६ जनमा संक्रमण फेला परेको बताइएको छ ।

समाजले सन २००९ सालदेखि बारा जिल्लामा यौनिक तथा लैङ्गकिक असमानताको क्षेत्रमा काम गर्दै आएको छ । समाजले तेस्रो लिङ्गीमाथि गरिने व्यवहार सकारात्मक नभएको पनि सो कार्यक्रममा जनाइएको थियो । तेस्रो लिङ्गीमाथि हुने नकरात्मक व्यवहारका कारण बेलाबेलामा उनीहरुमाथि घरपरिवारबाट अपहेलित गर्ने, बलात्कार, दुव्र्यवहार जस्ता घटना हुने गरेको र जिल्लाका केही स्थानमा उनीहरुमाथि कुटिपिट समेत भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यौनिक तथा लैङ्गगिक विशेषता प्रकृतिको उपहार भएकोले उहीहरुलाई माया, स्नेह, राम्रो ब्यवहार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समाज बाराले दिइएको तथ्यांकअनुसार जिल्लामा रहेका १ सय ४९ तेस्रो लिङ्गीमध्ये १ सय २९ जनाको रगत परीक्षण गर्दा १५ जनामा एच आई भि संक्रमण भेटिएको छ ।

निलहिरा समाज बाराले आफ्नो सम्पर्कमा आएका यौनिक तथा लैङ्िगक अल्पसंख्यकहरुको समय समयमा रगत परीक्षण, लुबृकेन्ट, कण्डमलगायतका सामग्री उपलब्ध गराउदै आएको छ । अर्कोतिर सम्पर्क बाहिरका तेस्रो लिङ्गीले समाजमा विकृति फैलाउदै आएकोले त्यसतर्फसचेत हुनु जरुरी रहेको बताइएको छ ।

कार्यक्रममा समाजकी रोशनी थापाले आफू तेस्रो लिङ्गी भए पनि समाजबाट अपहेलित भएको तर आमा र बुवाको सहयोग मायामा कुनै फरक नपरेको भन्दै आफ्नो सफल जीवनको कथा चित्रण गर्नुभएको थियो ।

बारामा हाल रहेका १ सय ६७जना एच आई भि संक्रमितमध्ये ५ जनाको मृत्यु भएको र बाँकीले औषधि सेवन गर्दै आएको प्रादेशिक अस्पताल कलैयाका एच आई भि फाँट प्रमुख कमलेश यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here