सिमरा,लायन्स क्लब अफ सिमरा युथको वर्ष २०२४-२५ का लागि चयन भएका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित संचार हब प्रा.लिको सभाहलमा पदस्थापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वर्ष २०२३-२४ का अध्यक्ष त्रिलोकविक्रम शाहले वर्ष २०२४-२४ का अध्यक्ष राजकुमार लामालाई पदस्थापना गराउनुभएको हो ।सिमरा युथको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा लामा, प्रथम उपाध्यक्षमा रविन उपाध्याय, द्धितीय उपाध्यक्षमा चयन गुरुङ, तृतीय उपाध्यक्षमा सम्राट खनाल, सचिवमा निलिसा बर्मा, कोषाध्यक्षमा कपिल खरेल चयन भएका थिए ।वर्ष २०२४-२५ का पदाधिकारीको कार्यकाल २०२४ जुलाई १ तारिखदेखि शुरु भएको छ । उक्त कार्यकाल सन् २०२५ को जुन मसान्तसम्म रहनेछ । पदस्थापनपछि सहभागीले लायन्स क्लबमार्फत गर्नसकिने कार्यका विषयमा छलफलसमेत गरेका थिए ।

कार्यक्रम लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गत एरिया ३ का जोन चेयर पर्सन दिवाकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै जोन चेयर पर्सन भण्डारीले सामाजिक कार्यलाई प्राथमिकतामा राखेर लायन्स क्लबले आफ्नो गतिविधि गर्दै आएको बताउनुभयो । लायन्स क्लबको मुख्य उदेश्यनै सामाजिक सेवा मात्रै रहेको बताउँदै भण्डारीले सामाजिक अभियानमा जोडिनसमेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वर्ष २०२४-२५ का अध्यक्ष लामाले आफ्नो कार्यकालमा लायन्सको उदेश्यभित्र रहेर एक वर्षमा गरिने कार्ययोजना निर्माण गर्दै अघि बढ्ने बताउनुभएको थियो । वर्ष २०२३-२४ का अध्यक्ष शाहले लायन्स क्लबमा जोडिएर आफूले सामाजिक सेवाको अभियानलाई नजिकबाट नियाल्न पाएको बताउनुभयो ।कार्यक्रममा महिला उद्यमी रिता कंडेल, रिना बजगाईंसहित लक्ष्मी तिमिल्सिना, लक्ष्मी सिंह, सुरज वैद्य, दीपेन्द्र श्रेष्ठ, सुमन थापामगर, भुवन थापा, योगेन्द्र थापा, गोविन्द चौधरी, सुप्रिम अधिकारी, बबिन सुब्बालगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण वर्ष २०२४।२५ की सचिव निलिसा बर्माले गर्नुभएको थियो ।

Leave a Reply