भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि २०५२ साल यता भूमिसुधारको लागि धेरै आयोग गठन गरिएको छ तर भूमिहिनहरुको समस्या भने जहाँको त्यँही छ । बारा जिल्लाको कुरा गर्ने हो भने बाराको कयौं गाउँ र शहरहरु नै भूमिहिन अवस्थामा छन् । बाराको पथलैया शहरकै कुरा गर्ने हो भने पनि नक्सा अभावका कारण त्यो शहर समेत भूमिहिनको अवस्थामा रहदै आएको छ ।

बाराका कयौं गाउँहरु पनि भूमिहिन छन् । तीन दशक अगाडि भूमि सुधार आयोग गठन भए पनि त्यही आयोगका पदाधिकारीहरुको जीवन स्तर सुधाने भन्दा अरु केही प्रगति भएको छैन । बाराका धेरै नागरिकहरुले वषौंदेखि लालपूर्जाको आशा गरे पनि उनीहरुको चाहना अझै पूरा हुन सकेको छैन । पछिल्लो समय गठन गरिएको भूमि सुधार आयोगले बाराका भूमिहिनहरुको समस्या समाधान गर्ने कुरा गरेको छ ।

यो आयोगबाट पनि भर त नागरिकहरुको कमै छ तै पनि यसले दशैं अगाडि या पछाडि नै भए पनि अथवा कम्तीमा चुनावसम्ममा भूमिहिनहरुको समस्या समाधानका लागि पहल गर्ला भन्ने विश्वास लिन सकिन्छ । आगामी मंसिर ४ को चुनावसम्ममा जसरी पनि बाराका भूमिहिनहरुको निष्पक्ष तवरले समस्या समाधान गर्नपर्छ तर बारामा सुकुम्बासीभन्दा पनि हुकुम्बासीहरुको हालीमुहाली धेरै भएकाले निष्पक्ष लालपुर्जा वितरणमा भने आशंका गर्ने ठाँउ रहेको छ ।

Leave a Reply