सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ उद्योग बाणिज्य संघको शनिवार भएको छैठौं सधारण सभा सम्पन्न भएको छ । सो अवसरमा संघको भवनसमेतको उद्धाटन गरिएको छ ।
साधराणसभाले लालबाबु कुशवाहाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संघको उपाध्यक्षमा ओमप्रकास गुप्ता, सचिव हरिन्द्रप्रसाद गुप्ता, कोषाध्यक्ष दिनेश जयसवाल निरविरोध चयन हुनुभएको हो ।
कलैया उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यता र संघका अध्यक्ष जयन्त कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार, वडा अध्यक्ष अवदेश सहनी, व्यापारी मनोज जयसवाललगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख कलवारले देश विकासमा व्यापारी र व्यवसायीहरुको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले व्यापारीहरुले सहि तरिकाले आफ्नो व्यापारलाई सुचारु गरे भने देशमा विकास र परिवर्तन हुने बताउनुभयो । नगर प्रमुख कलवारले संघको आफ्नै भवन निर्माण भएकोमा खुसीसमेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा संघको नवनिर्मित भवनको उद्योग बाणिज्य संघका अध्यक्ष कुशवाहाले उद्घाटन गर्नुभएको छ । बाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पशुराम लामिछाने, गोमा परियार, जेष्ठ व्यापारी जवाहिर साह कलवार तथा रहमान अन्सारीलाई सम्मानसमेत गरिएको थियो ।


















