नेपालमा अहिले भ्रष्टचारको विषयले निकै चर्चा पाएको देखिएको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएसंगै यो विषय बढी जोडतोडले उठेको हो । २०४६ सालपछि भएका विभिन्न काण्डहरुको विषयमा उसले कुरा उठाउन थालेपछि यो विषयले चर्चा पाएको हो । यद्यपि भ्रष्टचारको विषय जति चर्चा गर्न सहज छ त्यसलाई किनारा लगाउन त्यति नै पनि अप्ठेरो छ ।अहिले माओवादीको नेतृत्वको सरकारले भ्रष्टचारका केही फाइलहरु खेतल्न थालेको हो कि भन्ने देखिन्छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले समेत यो विषयलाई प्राथमिकतामा राखेको जस्तो देखिन्छ । अब भ्रष्टचारको कुुरा गर्दा माओवादी पनि करिब १५ वर्ष अघिदेखि मुलुकको शासन सत्तामा पुगेर सत्ताको भोग लिएको पार्टी हो । त्यसैले अब अरुलाई औंला उठाउनुअघि माओवादीतिर पनि औंला तेर्सिन थालेको छ ।खासगरी माओवादीको सेना समायोजनको नाउमा क्यान्टोनमेन्टमा गएको रकम अनियमितता भएको भन्ने आरोप प्रधानमन्त्री प्रचण्ड र तत्कालिन माओवादीका नेता बावुराम भट्टराईमाथि तीव्र रुपमा लाग्दै आएको छ । यो अर्थमा पनि भ्रष्टचारको फाइल खोल्ने हो भने पहिला प्रचण्ड र बावुरामले आफ्नै फाइल खोल्नुपर्छ र जनतालाई सही कुरा बताएर अरुका लागि अभियान संचालन गर्र्नपर्छ नत्र हात्तीको देखाउने दाँत जस्तो काम गरेर जनतालाई भ्रममा पार्ने कार्य गर्नुको कनै अर्थ छैन ।















