निजगढ,निजगढ नगरपालिकाले कोरोना भाइरसको दोस्रो लहरमा खटिने स्वास्थ्यकर्मीलाई राहत प्याकेज घोषणा गरेको छ । निजगढ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको कर्तव्यपालनकै क्रममा मृत्यु भए १० लाख रुपैया र उपचार खर्च व्यवहोर्ने निर्णय गरेको हो । साथै संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै बस्ने, खाने व्यवस्था पनि नगरपालिकाले गर्ने छ । तर स्वास्थ्यकर्मीले भने गत वार्य फिल्डमा र आईसोलेशनमा खटिएका स्वास्थ्यकर्मीको घोषणा गरिएअनुसारको भत्ता रकम पनि हालसम्म नपाएको गुनासो गरेका छन् ।