कलैया,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सोमवार देशका विभिन्न जिल्लाका ४८ जना डिएसपीको एकैपटक सरुवा गरेसंगै बाराका डिएसपी सापकोटाको पनि सरुवा भएको हो ।प्रहरी प्रधान कार्यालयले सापकोटालाई नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखरामा सरुवा गरेको हो ।उहाँको ठाउँमा डिएसपी विजयराज पण्डित आउनेहुनुभएको छ । उहाँ ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत हुुनुहुन्थ्यो ।

Leave a Reply