निजगढ,निजगढ सामुदायिक अस्पतालको नयाँ कार्यसमिति चयनको लागि आगामी जेष्ठ १५ गते मतदान हुने भएको छ ।साधारण सभाको बन्द सत्रका संयोजनक अम्बिकाप्रसाद चौलागाईले १५ गते मतदानमार्फत संचालक समितिको नयाँ पदाधिकारीहरुको चयन हुने जानकारी दिनुभयो ।गत सोमवार भएको साधारण सभाको बन्द सत्रमा अस्पताल संचालक समितिको पदाधिकारी र सदस्यहरुको चयनमा सहमति हुन नसेकेपछि मतदानमार्फत चयन गर्न लागिएको हो ।साधारण सभाको बन्द सत्रमा संचालक समितिको नयाँ नेतृत्व चयन गर्ने कार्य सूचि रहेको भएपनि सहमति हुन नसकेपछि बन्द सत्र स्थगित भएको थियो । सहमतिको प्रयास गर्न भनेर यसअघि भएको छलफलमा सहमति हुन नसकेपछि प्रतक्ष्य निर्वाचनमार्फत समितिको चयन गर्न लागिएको संयोजक चौलागाईले जानकारी दिनुभयो ।९ सदस्यीय कार्यसमितिको लागि अध्यक्षमा माधव न्यौपाने, ज्ञानेन्द्र चौलागाई र बिदुरलाल श्रेष्ठले उम्मेदवारी दिएका छन भने उपाध्यक्ष पदमा सावित्री भारती र गशेण राजभण्डारीको मनोनयन पत्र दर्ता भएको छ । त्यस्तै समितिको सचिवमा कैलाश केसी र चन्दन धामी, कोषाध्यक्ष जानुका अधिकारी र भाइकाजी श्रेष्ठले दाबी गरेका छन । त्यसैगरी ४ सदस्यीय सदस्य पदको लागि रामकुमार शर्मा दहाल, मुकुन्द पौडेल, निर्मला रिसाल, परशुराम भण्डारी, किरण श्रेष्ठ, सीता मैनाली, गीता चौलागाई, गोविन्द खरेललगायतको उम्मेदवारी परेको छ । सहसचिवमा भने सरिता राई एकजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।नयाँ समिति चयनको लागि साधारण सभाको बन्द सत्रबाट चौलागाईको संयोजकत्वमा ३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सामुदायिक अस्पतालको २४औं साधारण सभाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धाटन गर्नुभएको थियो ।

















