बरियारपुर,नेपाल परिवार दल देवताल गाउँपालिले विभिन्न जातका २ हजार फलफुलका विरुवा वितरण गरेको छ ।
नेपाल परिवार दलको देवताल गाउँपालिका कमिटीले गाउँपालिकाका ७ वटै वडाका करिब २ हजार स्थानीयलाई आपँ, कटहर, सपेता, लिची, मोहगी र सालको विरुवा वितरण गरेको हो ।
वातावरण स्वच्ट र सफा राख्न परिवार दल बाराले प्रत्येक वर्ष विरुवा वितरण गर्दै आएको छ ।
विरुवा वितरण कार्यक्रमको अध्यक्षता पार्टीको गाउँपालिका संयोजक कनक चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरी रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा देवताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ललनकुमार यादव, वडा नम्बर ५ का वडा अध्यक्ष सुरेश साहलगायतको सहभागिता रहेको थियो ।
परिवार दलले जिल्लाका अतिविपन समुदायमा खाद्यान्न सामग्रीसमेत वितरण गर्दै आएको छ ।