नरेश गुप्ता

बरियारपुर,सदरमुकाम कलैयास्थित मच्छरघटामा नालाको निकास बन्द भएपछि फोहोर पानी सडकमै जम्मा भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित ढल निर्माण कार्य भइरहेकोले बर्षाको पानी निकास थुनिएर नालाको फोहोर पानी सडकमा जम्मा भएको नेकपा युवा संघ कलैया नगर कमिटी अध्यक्ष हरिओम साहले बताउनुभयो । बर्षायाम अगावै कलैया उपमहानगरपालिकाले ढल निकास र नालाको मर्मत नगरेपछि नालाको फोहोर पानी घरघरमा प्रवेश गर्ने समस्या आएको र स्थानीयबासिन्दा यो समस्याबाट हरेक बर्ष पीडित हुदै आएको उहाँले सुनाउनुभयो ।

कलैयाको मुख्य भरत चोक र मच्छरघटा गल्लीमा ढलको मुहान नै थुनिएकोले लामो समयदेखि फोहोर पानीले निकास पाएको छैन । सडकमा फोहोर पानी जम्मा भएपछि यात्रुहरुले आवागमनमा समस्या बेहोर्नु परेको छ । त्यसैगरी फोहोर व्यवस्थापन र नालाको सरसफाइ अभावमा सो क्षेत्रमा लामखुट्टेको प्रकोप पनि बढेको छ । कलैया बजारको यो समस्याकोे तुरुन्त समधान नभए स्थानीयहरुले उपमहानगरपालिकाविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here