बागमती प्रदेशको समेत राजधानी रहेको मकवानपुरको हेटौंडा बजार चौडा गर्ने विषयमा पनि निकै रस्साकस्सी परेको थियो तर सर्बोच्चले हेटौंडाको सवालमा बाटो फुकुवा गरिदिएको छ ।पूर्वपश्चिम राजमार्ग पर्ने हेटौंडाको सडक चौडा गर्ने विषयमा धेरै बहस पनि भएको थियो र त्यहाँ पनि व्यवसायीहरुले सडक डिभिजन कार्यालयको विरुद्धमा मुद्दा दर्ता गराएपछि सडक विस्तार गर्ने योजना असफल भएको थियो तर पछिल्लो समय सर्बोच्चले बाटो फार्काइ दिएपछि भने हेटौंडा बजारको सडक अब चौडा हुने भएको छ ।

हेटौंडाका विषयमा अदालतले फैसला गरेपछि वीरगञ्जको सडक चौडा गर्ने विषयमा पनि सर्बोच्चले त्यसै गर्ला भन्ने पनि लागेको थियो तर त्यसो हुन सकेन । गएको हप्ता आउने भनिएको सर्बोच्चको फैसलाले फेरि वीरगञ्ज सडक चौडा गर्ने अभियान हालका लागि रोकिएको छ । फेरि सर्बोच्चले नै यसका विषयमा फैसला नगरेसम्म यो रोकिने नै छ । यसले वीरगञ्जको विकासमा बाधा नै गर्नेछ ।

घरधनीहरुलाई क्षणिक फाइदा भएपनि वीरगञ्जको विकासमा यसले हानी नै गर्ने छ । सडक चौडा नभएका कारण वीरगञ्जभित्र छिर्ने बाटोको अवस्था सबैले देखेकै छन् । जे भएपनि वीरगञ्जको सडक चौडा गर्ने विषयमा सर्बोच्चले फैसला गरिदिएको भए त्यो एकदमै राम्रो हुने थियो तर अहिलेसम्म यो बिषयमा नगरवासीले चाहेको जस्तो फैसला आएको छैन तर ढिलो चांडो फेरि सडक चौडाका बिषयमा फैसला आउनुको विकल्प पनि छैन ।

Leave a Reply