डा. गोविन्द नेपाली
विश्वमा लामो र गर्विलो इतिहास रचेको देश हो नेपाल। ब्रिटिस साम्राज्यले नेपालका बारेमा उत्तिकै चाखलाग्दो र खँदिलो स्वर्ण अक्षरमा लेखिदिएका छन्। पशुपति पुराणका अनुसार ‘ने’ ले संरक्षित स्थानका रूपमा हिमालयको मध्यभागमा रहेको देशलाई नेपाल भनी चिनिन थाल्यो। ‘पाली’ शब्दको अर्थ रक्षा गर्नु हो। अतः यस देशको नाम नेपाल कसरी रहन गयो भन्ने बारेमा पनि लेखमा खोतल्ने प्रयास गरिएको छ।
छैटौं शताब्दीको ईसापूर्वमा अथर्ववेदको रचना गरिएको थियो। चन्दगुप्त कैटिल्यद्वारा लिखित अर्थशास्त्रको कृतिमा पनि नेपालद्वारा बनाएको आठ पाखे राडीका बारेमा लेखिएको पाइन्छ।
त्यसमा विधर्य, अवन्धी, अधुम्ब, केके देशहरूमा नेपालको परिभाषा दिएको पाइन्छ। महाभारत, स्कन्दपुराण, करुणापुराण, वरुणपुराण, तन्त्रशास्त्र, लिच्छविकालको अभिलेख र समुद्यन गुप्ताले प्रयोगमा ल्याएको प्रस्तावमा नेपाल शब्दको प्रयोग भएको पाइन्छ।
त्यस्तैगरी भरतमणिको नाट्यशास्त्रमा नेपाल शब्दको उत्तिकै प्रयोग भएको देखिन्छ। त्यो समय वैदिककाल पछि र पौराणिककाल अघि प्रयोगमा आएको अनुमान गरिएको छ। स्वायवर सम्प्रदायका जयन ग्रन्थका जयनमुनि भद्रभाउ ईसापूर्व ३०० ताका नेपालमा पसेको अनुमान गरिएको छ। त्यसबेला उनले नेपाल शब्दको उचारण गरी फैलाएका हुन् भन्नेहरूको लिखित प्रमाणहरू उत्तिकै बलिया छन्।
मोक्षपुराण, स्मृति संग्रह, वायुस्कृतिपथ्य, अर्थशास्त्र, वैदिकशास्त्र, राजतरिनी, उदयदेवको अभिलेख, पाटनको अभिलेख र टिस्टुङको अभिलेखमा नेपाल शब्दको प्रयोग सान्दर्भिक ढंगबाट लेखिएको भेटिन्छ।
हिन्दू पौराणिक कथानुसार नेपालले यसको नाम ‘ने’ नामक एक प्राचीन ऋषिद्धारा प्राप्त गरेको हो। जसलाई ‘ने’ मुनि वा नेमी भनिन्छ।
पशुपति पुराणअनुसार नेले संरक्षित स्थान र हिमालयको मध्यभागमा रहेको देशलाई नेपाल भनिएको हो भनी ब्याख्या गरेको छ। ‘पाली’ शब्दको अर्थ रक्षा गर्नु हो भनिएको छ।
फ्रान्सका लेखक शिल्भालेभीले आफ्नो पुस्तक ‘दी नेपा’मा यस क्षेत्र पवित्र तपोभूमि र धार्मिकस्थल हो भनेका छन्। उपत्यकामा नेवार समुदाय बस्ने भएकाले नेवाबाट अप्रभंश भई नेपाल रहेको हो भन्ने प्रशस्तै प्रमाण पेस गरेका छन्।
नेपालका लागि अध्येता डा. थोमस एमस जजस गिएसनले तर्क गरेका छन्, नेवा र नेपाल उस्ताउस्तै शब्द भएकाले नेवा शब्दबाट नेवार बनेको र उक्त शब्दबाट नै कालान्तरमा नेपाल भएको हुन सक्ने कुरा अघि सारेका छन्।
नेपालका जिल्लाहरू विभाजनको इतिहास लिच्छविकालबाट सुरु भएको मानिन्छ। नेपाललाई लिच्छविकालमा १३ जिल्लामा विभाजन गरिएको थियो।
त्यसबेला भूगोललाई मुख्य आधार मानिएको थियो। अर्को उद्देश्य राजारजौटाहरूले आफ्नो पहँुच कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा उत्तिकै ध्यान दिन्थे। त्यो क्रम लामो समयका लागि लागू भयो। जब शाहवंशीय राजाहरूको उदय भयो।
पृथ्वीनारायण शाहले सत्ताको बागडोर सम्हालेपछि लिच्छविकालमा विभाजन गरिएका १३ जिल्लालाई १२ एकाइमा परिर्वतन गरिदिए। फलस्वरूप विकासमा अलिकति फरकपन आयो। तर, सोचे जति सहज हुने भने सकेन। भारतमा १९५२ अक्टोबर २ मा ल्याइएको ग्रामीण विकासको अवधारणामा आधारित भएर नेपालमा पनि जिल्ला विभाजनको अवधारणा ल्याएको मानिन्छ।
त्यसपछि राज्यको बागडोर भीमसेन थापाको हातमा प¥यो। अनि, उनले विचार गरे। शाह वंशीय एकतन्त्रीय मोडलले विकासमा फड्को मारेन। अब परिवर्तन गर्नु आवश्यक छ। जहाँ जनता र विकासको प्रत्यक्ष रूपमा संलग्नता भएमात्र सम्भव हुन्छ। यही ध्येयका साथ उनले १२ एकाइलाई ३९ जिल्लामा विभाजन गरे। त्यसमा उनको रणनीतिले केही हदसम्म काम गरेका देखिन्छ। जनता थोरबहुत सेवाबाट लाभान्वित भए ।जब सत्ता जंगबहादुरको पोल्टामा गयोे। उनले पहिलोपटक सिंगो नेपालको अवस्था बुझ्न नेपाल विकास समितिको गठन गरे। जुन समिति उनको हुकुमी शैलीमा सञ्चालन हुन्थ्यो।
त्यसबेलाको समितिले फेरि नेपाललाई विभिन्न वस्तुलाई आधारमानी ६९ जिल्लाको रूपमा विभाजन गरिदिए। त्यसमा शासनको विकासभन्दा पनि शासकको हुकुमी शैली र बाहुलियातले निकै जरा गाड्यो। जनतालाई एउटा आवश्यक थियो। हुकुम अर्कै हुन थाल्यो। अनि विकासमा पूर्णविराम लाग्यो।
त्यसपछि वीरशमशेरको हातमा राज्यको तालाचापी पप्यो। अनि, उनले विभिन्न कुरालाई ध्यानमा राखी ६९ जिल्ला निकै ठूलो भयो। प्रशासनिक खर्च थेगिसक्नु भएन भनेर ६९ जिल्लालाई ३५ जिल्लामा गाभ्ने खालको कानुन बनाए। विकास र देशको हितभन्दा सत्ताको हालीमुहाली गर्नेबीच भरपरी देशलाई विभिन्न कालखण्डमा विभाजन गर्दै आए।
सोही क्रममा २०१८ वैशाख १ गते ३५ जिल्लालाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो। त्यसले गर्दा प्रशासनिक खर्च र टाठाबाठा वर्गका लागि मौकाको ढोका खुल्यो। जनताको आवश्यकता एकातिर, काम अर्कैतिर हँुदै गयो। विकासले खासै फड्को मार्न सकेन। २०२९ असार १३ गते १४ अञ्चल ७५ जिल्लालाई पुनः ४ विकास क्षेत्रमा विभाजन गरियो।
त्यसबेला बनेका संरचनाहरू एक प्रकारले भताभुंग भए।राज्यको ठूलो लगानी नोक्सान भयो। विकासको नाममा भ्रष्टाचारको गहिरो जग बस्यो। त्यो मोडेलले त्यति काम नगरेपछि राज्य प्रमुखको कार्यदिशा र उनले रोजेको राज्यप्रतिको उदारतालाई ध्यानमा राखी विज्ञ समूह बनाइयो।ग्रामीण विकासविज्ञ डा. हर्क गुरुङको संयोजकत्वमा नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरियो। त्यसले थोरै भए पनि वैज्ञानिक स्वरूप लियो। विकासमा निकै फड्को मा¥यो।
जनताले राज्यको सेवासुविधाको महसुस गर्न थाले।
२०७२ असोज ३ गते ७५ जिल्लालाई थाँती राख्दै पाँच विकास क्षेत्रलाई ७ वटा प्रदेशमा विभाजन गरियो। त्यो किन गरियो ? कसरी गरियो ? भन्नेमा हालका विकासविज्ञ र राज्य सञ्चालनका नायकहरू स्वयं अलमलमा छन्। तर, त्यसको एउटैमात्र कारण हुन सक्छ, राजनीतिक भागबन्डा र कार्यकर्ता पालनपोषण। विभिन्न उतारचढावकै बीच २०७४ भदौ ५ गते ७५ जिल्लालाई राजनीतिक तालमेल मिलाउन ७७ जिल्ला बनाइयो।
यसरी विश्वको जनसंख्याको तथ्यांकलाई आधार मान्दा ०.३७ प्रतिशत र भूगोललाई आधार मान्दा ०.१ प्रतिशत भएको नेपाललाई बेला–बेलामा यसरी विभाजन र एकीकृत गर्ने गरिएको पाइन्छ ।
माथिको तथ्यांकअनुसार हेर्ने हो भने सिंगो नेपालको विकासको दीर्घकालीन योजना नहुनु नै जिल्ला विभाजनको मूल कारक तत्व हो भन्न सकिन्छ। नेपालमा भूगोलको विभाजन किन र कसरी गरियो भन्नेमा हालका विकासविज्ञ र राज्य सञ्चालनका नायकहरू स्वयं अलमलमा छन्। जसको एउटै कारण हुन सक्छ, राजनीतिक भागबन्डा र कार्यकर्ता पालनपोषण। साभार अन्नपूर्णपोष्ट्