नरेश गुप्ता
बरियारपुर – नेपाल ई रिक्सा चालक संघ बाराले आफ्नो २ बुन्दे मांग अघि सार्दै बुझाउदै आएको ब्याज मिनहा गर्न जोडदार मांग गरेका छन् । नेपाल ई रिक्सा चाल संघ बाराको अध्यक्ष जयराम महतो कोईरिको अध्यक्षतामा सोसल डिसटेनसिपको पालना गरि बसेको बैठकले आफ्नो मांगहरु अघि सारेको छ । कोरोना कोभिड १९ को संक्रमण रोकथामको लागि देशभर लगाईएको लक डाउनमा संघ बाराले सहमती जनाउदै उनिहरुले विभिन्न बैंकलाई बुझाउदै आएको ब्याज रकम मिनहा गर्न समबन्धित निकाय संग जोडदार मांग गरिएको छ ।
लक डाउनले ल्याएको बेरोजगारी समस्याले आफुहरु मर्माहत भएकोले बैकको ब्याज लक डाउनको अवधी सम्म बुझाउन नसक्ने नेपाल ई रिक्सा चालक संघ बाराको अध्यक्ष जयराम महतोले बताए । त्यसैगरी कोरोना कोभिड १९ संक्रमण रोकथामको लागि नेपाल सरकारले लगाएको लक डाउनको पालना संघ बाराले पुर्ण रुपमा पालना गर्दै आएकोले बेरोजगार ,असहाय मजदुर चालकहरुलाई बाराको १६ औ स्थानीय तहमा रहेको स्थानीय सरकारले राहत उपलब्ध गराईदिन नेपाल ई रिक्सा चालक संघ बाराले मांग गरेको अध्यक्ष महतोले बताए । नेपाल सरकारले लगाएको लक डाउनमा बारा जिल्लामा संचालन रहेको सबै ई रिक्सा , अटो ठप्प रहेका छन् ।