कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका– १ पिपरामा कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको घटनामा अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार ५५ वर्षीया सायदा श्रीवास्तवको आफ्नै बुहारीको कुटपिटबाट आइतबार दिउँसो मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारी २६ वर्षीया पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्रीकुमारी लाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभएको छ ।स्थानीयका अनुसार मृतक र उनकी बुहारीबीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको थियो । सोही विवादका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
















