नेपालमा जसले जे मन लाग्छ त्यही गर्दा र बोल्दा हुन्छ भन्ने घमण्डसहितको परम्परा समेत देखिन्छ । कुनै समयमा राजा शासन सत्तामा थिए । उनले जे गरेपनिमनै ठीक भन्ने ठानेका थिए । कुनै बेलामा अहिलेका पुराना दल सत्तामा थिए । उनीहरुले पनि आफूहरुलाई ठीक ठाने गलत गरेपनि र पछिल्लो समय आफूलाई परिवर्तनकारी र क्रान्तिकारी बताउनेहरुको पारा पनि त्यस्तै देखिएको छ ।

पद भन्ने कुरा श्रणिक हो भन्ने सोच नेतामा नभएको पाइन्छ र यही नै नेपालका नेताहरुको एकदमै संकीर्ण सोच हो । जेठ १५ गते बजेट ल्याउने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनावश्यक व्यक्तिलाई अर्थ मन्त्रालय छिराएर बजेट तयार पारेको र बजेट ल्याएको कुरा बाहिरियो । बजेट बनाउने कुरा एउटा मर्यादा र नियम तथा परिधिभित्र बसेर बनाउने कुरा हो ।

यसमा सबै अर्थमन्त्रीको मात्रै हात हुदैन तर उनको चासो र सकृयता स्वभाविक हो तर अर्थमन्त्रीले अनावश्यक व्यक्तिलाई कार्यालयमा छिराएर बनाएको बजेटका विषयमा टिका टिप्पणी भएपनि उनले पद छाड्नु पर्नेमा उल्टै उनले विभिन्न बहाना बनाउदै अर्थ मन्त्रालयभित्रको सिसी टिभी नै गायब भएको तर्क गरे पनि राजनीतिमा उनी पनि एक अर्थहित र नैतिकहिन नेता रहिछन् भन्ने कुरा पुष्टि गरेका छन् ।

Leave a Reply