निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले सोमवार राति चोरी भएको एउटा मोटसाइकल सिसीटिभी फुटेजेको मद्दतमा खोजी गर्दै जाँदा बरामद गरी धनीलाई बुझाएको छ ।

प्रहरीले सिसीटिभी फुटेजको मद्दतमा खोजी गर्ने क्रममा निजगढस्थित सिभिल लघुबित्त संस्थाका एक कर्चचारीको चोरी भएको लु ८३ प ९३५५ नम्बरको पल्सर मोटरसाइकल बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ ककडीबाट सोमवार राति १० बजे फेला पारेको हो ।

मकवानपुर जिल्ला बकैया गाउँपालिका निवासी लघुबित्तका कर्मचारी सन्चलाल घलानको सो मोटरसाइकल कार्यालयको कम्पाउण्डमा पार्किङ्ग गरेर राखिएको अवस्थामा दिउसो करिव ४ बजे चोरी भएको थियो । प्रहरीले पूर्वपश्चिम लोकमार्गको फास्टट्याकस्थित नेपाली सेनाको सिसीटीभिमा रहेको फुटेजको आधारमा पिछा गर्दै जाँदा ककडीबाट राति ८ बजे सो माटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालयनिजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । मोटरसाइकल चोर भने फरार बनेको उहाँले बताउनुभयो । ‘सिसीटिभी फुटेजमा चोरीको मोटरसाइक निजगढबाट पश्चिमतर्फ लगेको देखियो, निरीक्षक ओलीले भन्नुभयो, आशंका लागेर प्रहरीले ककडी गाउँ घेरा हाली खोजतलास गर्दा गाउँबाट बाहिर मोटरसाइकल फेला पर्यो ।’ शुरुमा टाँगियाबस्ती गाउँमा खानतलासी गरेको प्रहरी मोटरसाइकल फेला नपरेपछि ककडीमा पुगेको हो ।

गाउँ पुगेको प्रहरी टोली पुगेपछि खानतलासी गर्न थालेपछि २ वटा मोटरसाइकल चढेर केही मानिसहरु बाहिरिएको र पिछा गर्दै जादा गाउँभन्दा केही पर पुगेपछि चोरीको मोटरसाइकल बेवारिसे अवस्थामा छोडेर भागेको निरीक्षक ओलीले जानकारी दिनुभयो । मोटरसाइकल चोरको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

पछिल्लो समय निजगढमा मोटरसाइकल चोरीका घटना बढेका छन । आइतवार राति पनि प्रहरीले निजगको तामागढी गेट नजिकबाट पनि एउटा चोरीको मोटरसाइकल बेवारिसे अवस्थमा फेला पारेर धनीको जिम्मा लगाएको थियो । हेटौडाबाट चोरी गरेर ल्याउदै गरेको अवस्थामा पेट्रोल सकिएपछि चोरले सो मोटरसाइकल छोडेर भागेको प्रहरीको भनाइ छ ।

Leave a Reply