बिश्वको शक्तिशाली राष्ट्र अमेरिका र दक्षिण एसियाको शक्तिशाली राष्ट्र भारतकाबीचमा अहिले सम्बन्ध चिसिएको जस्तो देखिन्छ । अमेरिका आफैमा शक्तिशाली राष्ट्र भयो भने भारत पनि नेपाल जस्तो देशका लागि निकै शक्तिशाली नै भयो तर अमेरिकाका लागि खासै शक्तिशाली नहोला नै । अमेरिकाले अहिले बिश्वका धेरै देशलाई चिडाएको छ नै । विशेषगरी विभिन्न तरिकाले अमेरिकामा लुकेर बस्न बाध्य भएका अन्य देशका नागरिकहरुको सवालमा अमेरिकाले कठोर नीति लिएपछि अमेरिका र बिश्वका देशहरुको सम्बन्ध बिग्रने देखिन्छ ।
तर, यो अमेरिकाका लागि खासै फरक नपर्ने देखिन्छ । कयौं हिसावमा अमेरिका आत्मनिर्भर छ भने भारत जस्तो देश त उस्तै परेको खण्डमा अमेरिकालाई आवश्यक पर्दैन भने नेपालको त कुरै नगरौं ।नेपाल जस्ता देश र कतिपय अवस्थामा अमेरिकासंग आश्रित पनि छन् । नेपालमा केही अमेरिकी परियोजनाहरु संचालित छन । ती पनि अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड टम्प आएपछि रोकिएको समाचारहरु आइरहेका छन् ।
यसरी हेर्दा अबको चार वर्ष बिश्वका लागि अमेरिका सहज हुने देखिदैन । भारत जस्तो आफूलाई धनी र सम्पन्न राष्ट्र बताउने देशको अवस्था त अब सहज देखिदैन भने नेपालको कुरै नगरौं । हालै अमेरिकामा अवैद्य रुपमा रहेका भारतीयहरुलाई अमेरिकाले प्लेन चार्डड गरेर नै पठाइदिएपछि झन् भारत र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । अब हेरौं, बिश्वमा चार वर्षमा के हुन्छ अनि कस्तो हुने हो टम्पको कार्यकाल ।


















