सिम्रौनगढ,बाराका पुराना पत्रकार रामेश्वर मेहता मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएको छ ।जिल्लाको सिम्रौनगढ नगरपालिका निवासी मेहता रौतहटको परसवास्थित ससुरालीबाट सिम्रौनगढ फर्किने क्रममा रौतहटको मौलापुरको बकैया नदी नजिक सडकमा दुर्घटनामा पर्नुभएको थियो ।मेहताको आँखा तथा मुखमा चोट लागेको छ । रौतहटको मौलापुर अस्पतालमा उपचारपछि आइतवार नै घर ल्याइनुभएका मेहताको स्वास्थ्य अवस्था सामान्य रहेको छोरा चन्दन मेहताले जानकारी दिनुभयो ।


















