पुष्पराज खतिवडा

मनहर्वा,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको मुख्य कार्यालयमा आइतवार राती करिब १३ लाख रुपैंया चोरी भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको मुख्य कार्यालयबाट १२ लाख ७३ हजार नौ सय पन्द्र रुपैंया चोरी भएको संस्थाले जनाएको छ । संस्थाको सेफमा रहेको सो रकम चारी भएको संस्थाले जनाएको छ ।

चोरहरुको अज्ञात समुहले कार्यालयको ढोका, सिसिटिभि क्यामरा, दराज र नगद राखिएको सेफसमेत फोरेर कार्यालयमा रहेको नगद चोरी गरेका हुन । सोमवार विहान कार्यालय खोलेपछि मात्रै चोरी भएको घटना बारे जानकारी पाएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

चोरीको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पनि सहकारी संस्थाको कार्यालयमा चोरी भएको बताएको छ । प्रारम्भिक अनुसन्धमा पेशवर समुहबाट चोरी भएजस्तो देखिए पनि अनुसन्धानपछि मात्रै थप विवरण पत्ता लाग्ने ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here