निजगढ,गत असार १४ गतेको अविरल वर्षपछि आएको बाढीले प्रभावित निजगढ नगरपालिका वडा नम्बर १०, १२ र १३ को बाढी प्रभावित क्षेत्रको निजगढ नगर प्रमुख सुरथ पुरीसहितको टोलीले शुक्रवार निरीक्षण गरेको छ ।

बाढीले क्षेति पुर्याएको रतनपुरी क्षेत्रका विभिन्न स्थानको टोलीले स्थलगत निरीक्षण गरेको हो । टोलीमा वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा नम्बर १३ का वडा सदस्य कृष्ण न्यौपाने, निजगढ नगरपालिकाका सबइन्जिनियर नविन खनाललगायत सहभागी थिए ।

टोलीले वडा नम्बर १३ को शक्ति, पानीसरा भक्तलाल खोला, वडा नम्बर १२ को भक्तलाल र वडा नम्बर १० को लाल खोलको निरीक्षण गरेको हो । यसअघि नगर प्रमुख पुरीले वडा नम्बर १० को लाल खोलामा बाढीले क्षति पुगेको लाल खोला झोलुङ्ग पुलको पनि निरीक्षण पनि गर्नुभएको थियो । बाढीले पुलको फाउण्डेशनमा कटान गरेपछि झोलुङ्गे पुल बाढीले बगाउने खतारमा छ । बाढीले पुल बगाउने खतरा बढेपछि हाल खोला च्यानलाइज गरेर फाउण्डेशनमा तार जालीको ड्याम लगाउने कार्य सुरु भइसकेको नगरपालिकका सबइन्जिनियर खनालले जानकारी दिनुभयो ।

Leave a Reply