बसन्त लामा

सिगौंल,निजगढ नगरपालिकाको सिंगौलमा रहेको धन्सार खोलामा पक्की र व्यवस्थित बाँध नहुँदा खेतमा सिँचाई गर्न नपाएर स्थानीय किसान मार्कामा परेका छन ।

निजगढ नगरपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने सिगौलमा पक्की सिँचाई बाँधको अभावमा किसानले स्याउलाको परम्परागत बाँध बनाएर सिँचाई सुविधा लिदै आएका छन । तर वर्षाको बेला बाढीले स्याउलाको बाँध बगाउने र धान खेती गर्ने किसानले समस्या बेहोर्नु परेको किसानले गुनासो गरेका छन ।

‘सानो बाढी आयो भने पनि स्याउलाको बाँध बगाउँछ, वडा नम्बर ३ का किसान रामबहादुर गोलेले भन्नुभयो, पक्की र व्यवस्थित बाँधको असुविधाले कहिलै पनि समयमा रोपाइ गर्न पाइएको छैन ।’

वडा नम्बर १ का अर्का किसानले विरबहादुर थिङ्गले केही वर्षयता बाँध बाध्न स्याउलाको समेत अभाव हुन थालेको बताउनुभयो । ‘बाँध नजिक स्याउला काटने झाडी र बुट्यान पनि सकिए, तामाङ्गले भन्नुभयो, अब एक भारी स्याउला खोज्न पनि टाढा पुग्नुपर्छ ।’ उहाँले पहिले पहिले किसानले स्याउला काटने गरेको स्थानको जंगल अतिक्रमण भएको र वस्ति बसालिएकोले बाँध बाध्ने स्याउलाको पनि अभाव भएको बताउनुभयो । उहाँका अनुसार किसानले हारगुहार गरेपछि अहिले निजगढ नगरपालिकाले केही दिन काम गर्न भनेर एउटा जेसिबी पठाएको र त्यसैको प्रयोग गरेर ढुङ्गा र बालुवाको बाँध बाध्ने कार्य भइरहेको छ । तर यस्तो बाँध पनि बाढीले सजिलै बगाउने र सिँचाई समस्या जस्ताको त्यस्तै बेहोर्नु पर्ने उहाँको भनाइ छ ।

सिंगौलका बासिन्दाको लागि प्रमुख समस्याको रुपमा रहेको सिँचाई सुविधा उपलब्ध गराउन अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको पनि किसानहरुले आरोप लगाएका छन । जनप्रतिनिधिको ५ वर्षे कार्यकाल समाप्त भइसक्दा पनि त्यतिबेला चुनिएका जनप्रतिनिधिहरुले व्यवस्थित सिँचाई सुविधाको लागि चासो नदेखाएको उनीहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here