बीरगंज, १६ भदौ ।
गएको दुई दशकदेखि निरन्तर नगरवासीको सुख दुखमा स“गै हि“डेका वीरगञ्जका राजेशमान सिंहलाई वीरगञ्जेली जनताले पत्याएको र महानगरको मेयरको रुपमा का“धमा का“ध मिलाएको सय दिन पूरा भएको छ ।
अर्थात सिंहको ‘हनिमुन पिरियड’ पूरा भएको छ । गएको दुई दशकदेखि राजनीतिमा सकृय सिंहले वीरगञ्ज र वीरगञ्जेली नागरिकका सुख दुखमा स“गै सहयात्रा गरेका छन् ।

वैश्विक महामारीका बेला मर्कामा परेका दैनिक श्रम गरेर खाने वर्गको भोक मेट्ने अभियान चलाएर लोकप्रिय भएका सिंहले जहिल्यै भुई“मान्छेको आवाज बन्नुका साथै उनीहरुकै समस्या समाधानका एजेण्डा अघि सार्दै संघर्ष गरिरहे । स्थानीयबासीका मसिना तर महत्वपूर्ण मुद्दामा निरन्तर काम गरेकालेसिंहलाई यहा“का नागरिकले गएको बैशाख ३० गते भएको निर्वाचनमार्फत महानगरको तालाचावी सुम्पिएका छन् । निर्वाचनमा होमि“दै गर्दा लोकप्रिय घोषणापत्र सार्वजनिक गरेका सिंहले यो एक सय दिनमा पनि त्यही अनुसार काम गरेर नगरवासीबीच लोकप्रिय बनिरहन प्रयत्न गरिरहेका छन् ।

वीरगञ्जको मेयर बनेका सिंहले के के गरे त सय दिनमा ?
वर्षौ“देखि जीर्ण घण्टाघर क्षेत्रको सडक सपथ लिएकै दिन निर्माण सुरु गरेर कामको थालनी गरेका सिंहले यसबीचमा सेवाग्राहीमैत्री सेवाप्रवाह, छाडा पशुचौपाय नियन्त्रण, पिठीया कर खारेज, महानगरभित्र बसोबास गर्ने विपन्न परिवारलाई ३० युनिटसम्म बिजुली प्रयोग निशुल्क उपलब्ध गराउने जस्ता जनमैत्री काम गरेका छन् ।

महानगरका कृषकका लागि मेयर सिंहले सरकारले तोकेको कोटाभन्दा १० हजार बोरा बढी मल ल्याउन गरेको प्रयासलाई यहा“का नागरिकले भुल्न सक्दैनन् । कृषकस“गै सडकमा उत्रिएर कृषि सामग्री कम्पनी लिमिटेडको मल लोड गरिएको टूक नियन्त्रणमा लिए पछि मात्रै सरकारले महानगरका कृषकका लागि तोकिएको कोटा भन्दा थप १० हजार बोरा मल उपलब्ध गराउन तयार भएको थियो । मेयरले टूक नियन्त्रणमा लिने कदम नचालेको भए यहा“का किसान मल नपाउने समस्याबाट पीडित बन्ने थिए । अहिले थपिएको मल पर्याप्त नभए पनि कृषकलाई केही राहत मिल्ने विश्वास लिइएको छ ।

जनताको शासन, जनमुखी प्रशासनमा छलाङ
अहिले महानगर पुग्ने हरेकले त्यहा“बाट दिइने सेवा प्रवाहमा छुट्टै अनुभुति पाउने गरेका छन् । चुस्त र सेवाग्राहीमैत्री सेवा महानगरले अहिले दिइरहेको छ । पहिले जस्तो उकुस मुकुस भएर भिड लागेर सेवा लिनु पर्ने अवस्था अहिले छैन ।

सेवाग्राहीको सहजताका लागि पालो कुरेर बस्न वातानुकुलित वेटिङ एरिया बनाइएको छ । वडा बाटै राजश्व बुझाउन सकिने व्यवस्था मिलाउ“दै २५ हजार भन्दा कमका राजश्व बुझाउन महानगर धाइरहनु पर्ने बाध्यताको अन्त्य गरिएको छ ।

कर्मचारीको मनलाग्दी अन्त्य गर्नका लागि डिजिटल हाजिरीको व्यवस्था गर्नुका साथै कर्मचारीको गतिविधिमाथि निगरानी राख्न सबै शाखा, महाशाखामा सीसी क्यामेराबाट प्रत्यक्ष निगरानी राख्न मिल्ने व्यवस्था मिलाइएको छ । यसले कर्मचारीले प्रदान गर्ने सेवा चुस्त दुरुस्त बनाउन सफल भएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा वडालाई
फोहोर संकलन र व्यवस्थापनको जिम्मा अब वडालाई नै दिइएको छ । बोर्ड बैठकबाट निर्णय गरेर वडालाई जिम्मा लगाइसकिएको र त्यो कार्यान्वयनमा जाने चरणमा रहेको छ । मुख्य बजार क्षेत्र बाहेकमा वडाको सरसफाईको जिम्मा वडाले नै लिने गरी आवश्यक पूर्वाधार वडालाई उपलब्ध गराउने काम भइरहेको र छिट्टै कार्यान्वयनमा गएर सफा वीरगञ्ज बनाउने अभियान सफल हुने विश्वास महानगरले लिएको छ । यस्तै सफा वीरगञ्जका साथै हराभरा वीरगञ्ज बनाउन खाली ठाउ“, सडकका पेटी तथा डिभाइटरमा वृक्षारोपणको काम महानगरले अघि बढाएको छ ।

वीरगञ्जको गण्डकदेखी रजतजयन्ती चोकसम्मको बाइपास सडकको डिभाइडरमा बृक्षारोपण गर्ने काम भएको छ । यस्तै बसपार्कदेखि घण्टाघरसम्मको डिभाइडरमा पनि बृक्षारोपण गरेर वीरगञ्जलाई हरियाली बनाउने अभियान अघि बढाइएको छ । शहरमा जालो झै जेलिएका टेलिफोन, इन्टरनेट तथा केवलको तार व्यवस्थित गर्न जथाभावी टांगिएका तार हटाउने काम अघि बढेको छ । छाडा चौपाय नियन्त्रणका लागि नगरप्रहरी दैनिक खटिरहेको र नियन्त्रणमा लिएका चौपायलाई सोझै हेटौ“डाको गौशालामा लगेर छाड्ने गरिएको महानगरले जनाएको छ । ‘स्वच्छ वातावरण, स्वस्थ नगरवासी’ भन्ने नारा सार्थक पार्न महानगरले योग तथा व्यायाम शिविर पनि सञ्चालन गरेको छ ।

पूर्वाधार विकास तथा पर्यटन
वषौ“देखि जीर्ण बनेको घण्टाघरको सडक निर्माणको काम सुरु गरेर पूर्वाधार विकासमा कदम चालेको महानगरले यो अवधिमा विभिन्न विकास निर्माणका कामलाई अघि बढाएको छ । वीरगञ्जको माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नलाई गुरु योजनामार्फत अहिले धमाधम काम भइरहेको छ ।

माइस्थान चोकदेखि मन्दिरको मूलद्वारसम्म, यस्तै मन्दिरको दाया“ बाया“ दुवै तर्फको सडक भत्काएर अत्याधुनिक बनाउने काम अहिले धमाधम भइरहेको छ ।पहिले रहेको कालोपत्रे सडकलाई भत्काएर अब युरोपियन स्टाण्डर्सको पेबर्स (इन्टरलक) लगाउने काम अघि बढेको हो । यसले मन्दिरको सौन्दर्य बढाउनुका साथै धार्मिक पर्यटकीय क्षेत्रलाई बढावा दिने विश्वास महानगरले लिएको छ ।

शिक्षा
शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि महानगरले शिक्षा समिति बनाएर काम सुरु गरेको छ । वीरगञ्जमा सञ्चालित संस्थागत विद्यालयमा बढी समस्या देखिरहेको र निरन्तर अभिभावक संघर्षमा उत्रनु परेको अवस्थालाई सम्बोधन गर्न महानगरले संस्थागत विद्यालयको वर्गिकरण र शुल्क निर्धारणका लागि प्रयास थालेको छ । त्यसका लागि शिक्षा समितिलाई पूर्णता दिएर कामको सुरुवात अघि बढाइएको महानगरले जनाएको छ ।

वर्गिकरण र शुल्क निर्धारण भए संस्थागत विद्यालयको समस्या समाधान हुने छ । यस्तै सामूदायिक विद्यालयमा रहेका समस्या समाधानका लागि पनि समितिले काम गर्ने जिम्मेवारी पाएको छ । आफूलाई जनताले काम गर्नका लागि मेयर बनाएको बताउने सिंहले निर्वाचनमा गरेको वाचा अनुसार नै काम गर्दै अघि बढेको बताए । सय दिनमा सम्पादन गरेको काम लोकप्रिय रहेको र आउ“दा दिनमा पनि मेयरले नगरवासीकै हितमा काम गर्ने विश्वास समग्र नगरवासीले गरिरहेका छन् । मेयर सिंहले पनि जनताकै कामलाई शिरोधार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply