वीरगन्ज,वीरगन्ज पथलैया औद्योगिक कोरिडोरको सिमरास्थित सूर्य नेपाल प्रा.लि. ‘उत्कृष्ट प्रतिष्ठान सम्मान’बाट सम्मानित भएको छ । नेपाल सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्मानबाट प्रा.लि.लाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा मधेश प्रदेश अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गरे बापत सूर्य नेपाल प्रा.लि. सम्मानित भएको हो । सूर्य नेपाल प्रा.लि.सिमराका कारखाना प्रबन्धक सुरेश काजी श्रेष्ठले सम्मानित पुरस्कारबाट व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा अभ्यास गर्न प्रतिष्ठानलाई अझ जिम्मेवारी थपेको प्रतिक्रिया दिनुभयो ।

यसअघि अन्तर्राष्ट्रिय स्तरको उत्पादनको क्रममा सोही अनुरुपको वातावरणीय मापदण्ड पालना गरेवापत सूर्य नेपाल प्रा.लि.लाई वातावरण विभागले पनि ‘वातावरण मैत्री उद्योग पुरस्कार’बाट पुरस्कृत गरेको थियो ।

Leave a Reply