सिम्रौनगढ,बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीको टोलीले हुण्डीको ३ लाख ७२ हजार रुपैयासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा शुक्रवार वि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अमरपुर सीमा नाकाबाट सो रकम र मोटरसाइकलसहित दुबै जना भारतीय यूवालाई नियन्त्रणमा लिएको थियो ।

बिआर २२ आर २८०९ नम्बरको भारतीय ग्यालेमर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भारतीय नागरिक जिल्ला मोतीहारी पुर्वी चम्पारण उत्तरी घोडासन ग्राम पन्चायत १३ लैन गाँउ बस्ने अन्दाजी १९ को गोलुकुमार जैसवाल र २१ वर्षिया राजनकुमार जैसवाललाई हुण्डीको रकमसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबै जनाको साथवाट हुण्डीको नेपाली रुपैया ३ लाख ७२ हजार र १ लाख ४९ हजार मूल्य बराबरको मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि उनीहरुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुर्झाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपती खुमबहादुर केसीले जानकारी गराउनुभयो ।

Leave a Reply