वीरगञ्ज,पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।मंगलवार राती बिल बिजकभन्दा बढी कस्मेटिक तथा खुद्रा सामानहरु बोकेको विराटनगरतर्फ जादै गरेको ट्रकलाई प्रहरीले बीरगन्जबाट नियन्त्रणमा लिएको हो ।प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट मोरङतर्फ जाँदै गरेको ना ३ ख ३९४९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले ट्रकबाट अन्दाजी ५८ लाख १६ हजार ६२८ रुपैयाँ बराबरको कस्मेटिक तथा खुद्रा सामाग्री बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले बताउनुभएको छ ।उहाँका अनुसार बरामद ट्रक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान पाइएको थियो । बरामद सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply