नरेश गुप्ता

बरियारपुर,प्रहरीले बाराबाट लागुऔषध १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नम्बर( १२ बस्ने १७ वर्षीय युवक र ३४ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।

बिहीबार दिउँसो सवा १ बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर( ७ जीतपुर चौकबाट उनीहरुलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रवक्ता थापाका अनुसार प्रहरी हवल्दारको नेतृत्वमा खटिएको पिकेट टोलीले शंकास्पद तरिकाले पैदल हिँडिरहेका उनीहरुले बोकेको झोला चेकजाँच १० किलो लागु औषध गाँजा फेला परेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here