एक समय थियो यू-१९ विश्वकपमा नेपालले असोसिएट राष्ट्रबाट तहल्का नै मच्चाउँथ्यो।
सन् २००० देखि २०१२ सम्म नेपाली युवा टोली लगातार विश्वकपमा छनोट भयो।
नेपालले ती प्रतिस्पर्धामा पाकिस्तान, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, जिम्ब्बाब्वे, बाङ्ग्लादेश र आयरल्यान्डजस्ता टोलीलाई हरायो।
सन् २००६ मा त प्लेट च्याम्पिअन नै बन्यो।
सन् २०१० पछि युवा टोलीको ओरालो यात्रा सुरु हुन थाल्यो। विश्वकपमा छानिन सकस भयो। पछिल्लो पटक सन् २०१६ मा छानिएपछि त नेपाल छनोट हुन नै सकेको थिएन।
तर यस वर्ष युवा टोली छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छानिएको छ। आठ वर्षको पर्खाइपछि पाएको यो अवसरलाई टोलीले आफ्नो पुरानो साख जोगाउने अभियानमा उपयोग गर्ने लक्ष्य राखेको छ।
नेपाली टोलीका कप्तान देव खनाल भन्छन् , ूलामो समयपछि हामी विश्वकपमा छौँ। पुरानो छविलाई जोगाउँदै प्रतियोगिताको सुपर ८ मा पुग्ने हाम्रो लक्ष्य हो। टेस्ट राष्ट्रलाई कसरी हराउने भन्ने हामीले योजना बनाएका छौँ। साभार बिबिसी


















