निजगढ,सिकारीहरुको समूहले वन कार्यालय नजिकैको जंगलमा आइतवार गोली हानेर एउटा हरिण मारेका छन ।
सिकारीहरुले निजगढ सब डिभिजन वन कार्यालयबाट करिव ५ सय मिटर दक्षिणमा पर्ने निजगढ ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिण गोली हानेर मारेका हुन ।जंगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । गस्ति टोलीलाई देखेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५÷१६ जनाको समूहको सिकारी टोली भने भागेको थियो ।

कार्यालयका रेन्जर निरज पोखरेलकाअनुसार करिव २ वर्ष उमेर र १ सय किलो तौलको सो हरिणलाई सिकारीहरुको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट करिव ३ मिटरभित्र जंगलमा दिउसो ३ बजे गोली हानेर मारेका हुन । हरिनको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको उहाँले जानकारी दिनुभयो ।
सकारी भागेपछि मृत अवस्थामा बरामद भएको सो हरिण निजगढ सव डिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहबरमा गाढिएकोले जानकारी दिनुभयो ।निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, आदर्श सदावहार वन समुहका अध्यक्ष रामप्रसाद पाण्डे र जनज्योति सामुदायिक वन समुहका अध्यक्ष खडकबहादुर लामा र स्थानीय संचारकर्मीको रोहबरमा सब डिभिजन वन कार्यालय परिसरमा खाल्टो खनेर हरिण गाढिएको हो ।

Leave a Reply