सिकिन्द्र साह

सिम्रौनगढ,पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीमा सोमवार राति ५० बर्षिय एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको दावी गरिएको छ ।

स्थानीय मदिना खातुनलाई बोक्सी आरोपमा कुटपिट गरिएको बताइएको हो । कुटपिटबाट घाइते मदिना खातुनको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । कलैया आस्पतालका डाक्टर गौरव महतोका अनुसार कुटपिटबाट घाइते खातुनको पिठु्यु र मेरुदण्डमा चोटपटक लागेकोले छ ।

घटना लगत्तै घटनास्थलमा पुगेको बेल्दारी प्रहरी चौकीका असइ मनोज यादवले पिडीतलाई उपचारको लागि नगर अस्पतालमा पुर्याएको र अवस्था चिन्ताजनक देखिएपछि कलैया अस्पतालमा रिफर गरिएको थियो ।

पिडीत खातुनले स्थानीय ओसी अख्तर अन्सारी, नैमोदिन अन्सारी र जलिल मियाले बोक्सी भन्दै आफूलाई बिगत १० वर्षदेखि मानसिक र शारीरिक यातना दिदै आएको बताउनुभयो । बोक्सी मन्त्र लगाएर बिरामी पारेको र दुख दिएको भन्दै उनीहरुले यातना दिने गरेको उहाँको भनाइ छ ।

यसअघि अर्को पक्षले पनि आफूलाई बोक्सी आरोपमा कुटपिट गरेको भन्दै कारबाहीको माग गरेको थियो ।

Leave a Reply