जीतपुर,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन् ।

संघको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । नयाँ कार्यसमिति चयनका लागि शनिवार सम्पन्न निर्वाचनबाट आगामी कार्यकालका लागि १८ सदस्यीय कार्यसमिति चयन भएको हो ।

निर्वाचनले संघको अध्यक्षमा मोहन शर्मा, बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता, वाणिज्य उपाध्यक्षमा गजेन्द्र गुप्ता, उद्योग उपाध्यक्षमा बिजयकुमार साह (सन्तोष), महासचिवमा प्रकाश गिरी, कोषाध्यक्षमा रामबाबु कलवार, वाणिज्य सचिवमा विष्णुप्रसाद अधिकारी, उद्योग सचिवमा मुकेश साहलाई निर्वाचित गरेको थियो ।

उनीहरु मध्ये अध्यक्ष शर्मा र उद्योग सचिव साह निर्विरोध चुनिनु भएको हो भने अन्य सदस्य तथा पदाधिकारी चयनको लागि मतदान भएको थियो । सपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष संजयकुमार साह, घनश्याम गिरी सहित संघका पूर्वपदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here