पुष्पराज खतिवडा
मनहर्वा,प्रदेश २ सरकारले बाराको कलैयामा आधुनिक बजार निर्माण गर्ने भएको छ ।
कृषि उपज संकलन, व्यवस्थापन र बजारीकरणमा सहयोग गर्ने उदेश्यले बहुबर्षिय बजेटमार्फत बजारको संरचना निर्माण गर्न लागिएको हो ।
हाल १ करोडबाट बजार संरचना निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य पारस साहले जानकारी दिनुभयो । सोमबार कलैया उपमहानगरपालिका वडा न.२२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पारश साहले यस्तो जानकारी दिनु भएको हो ।
कलैया उपमहानगरपालिका वडा नम्बर ६ को लहेरवाटोलामा रहेको पुरानो बजारको सार्वजनिक जमिनमा निर्माण गर्न लागिएको कोल्डस्टोर सहितको आधुनिक बजारको डिपिआरको काम सकिएको र चाँडै ठेक्का प्रक्रिया पुरा गरेर काम अघि बढाइने साहले जानकारी दिनु भयो ।
बजार निर्माण कार्यक्रमको बजेट परिचालनको जिम्मा कृषि ज्ञान केन्द्रले गर्ने छ । यस्तै सोको नियमन र रेखदेखमा स्थानीय पालिका तथा उद्योग बाणिज्य संघ समेतले गर्ने प्रदेशसभा सदस्य साहले बताउनु भयो ।