जीतपुर,जीतपुरस्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य पुनः सुरु भएको छ।
बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर सोमवार बिहान एक कार्यक्रमका बीच भवन निर्माण कार्यको थालनी गरिएको हो। जीतपुरसिमरा उपमहानगर पालिकाको सहयोगमा निर्माण हुन लागेको यो अधुरो भवनलाई संघले व्यवस्थित सभाहलको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कुल १३ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुने यो सभाहल जीतपुरसिमरा उपमहानगर पालिका भित्रकै एक व्यवस्थित हल बन्नेछ।जीतपुरसिमरा–७ मा अवस्थित संघको कार्यालय भवनको माथिल्लो तल्लामा सभाहल निर्माण कार्य आर्थिक अभावका कारण रोकिएको थियो।जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा यसलाई समावेश गरी आवश्यक बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको हो।

 

Leave a Reply