मधेश प्रदेशकै एकमात्र वीरगञ्ज महानगरपालिकामा कार्यालय प्रमुख नहुँदा कर्मचारीलाई मात्र होइन, नगरवासीलाई पनि समस्या परिरहेको छ ।लामो समय कार्यालय प्रमुख नभएपछि कार्यालयको काम कारबाही लथाथिंग भएको छ । हाकिम नभएपछि कस्तो समस्या हुन्छ भन्ने कुरा हालका प्रधानमन्त्री बालेन्द्र शाहले राम्रोसँग अनुभूति गरेको कुरा हो । आफै काठमाडौं महानगरपिालिकाको नगर प्रमुख हुँदा बालेन शाहले यो समस्या झेल्न परेको थियो । निकै पीडा पनि झेल्न परेको थियो तर मिडियामा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने धम्की सरकारले दिएपछिल बालेन प्रधानमन्त्री भएपछि पनि वीरगञ्जको अवस्था भद्रगोल नै बनेको छ ।

कार्यालय प्रमुख त खटाइएको छ । तर काम गर्न नआउँदा समस्या भएको छ । वीरगञ्ज महानगरपालिकामा हत्तपत्त कार्यालय प्रमुखहरु आउनै मान्दैनन् । यसका आफ्नै कारण होलान् तर सरकारले भने जसरी वीरगञ्ज महानगरपालिकामा खटाइएका हाकिम भने आएका छैनन् । कर्मचारीले तलब खान नपाउनुत एउटा कुरा भयो नै । कर्मचारीले एकमुष्ठ हाकिम आएपछि तलब खालान् नै तर नगरवासीहरुको काम पनि अड्किएको छ । यो मुख्य कुरा हो ।

कर्मचारीको मात्र समस्या छैन, नगरवासीको धेरै समस्या छ । कयौं कामहरु हाकिम नभएको भन्दै फर्काइएको छ । यसले तनाब र पीडा त नगरवासीले नै झेल्न परेको छ ।त्यसैले पनि नगरवासीले झेल्न परेको समस्याका बिषयमा बालेन सरकार गम्भीर बनेको खोइ ? आफूले झेलेको समस्या त समाधान गर्नु पर्दछ । कुरा चैं सबै ठाउँमा हाकिम पुगे भन्ने व्यवहारमा चैं तीन महिनादेखि हाकिमविहिन अवस्था आउने, यसको जिम्मेवारी कसले लिने ?

Leave a Reply