राजन कुमार बानिया, कृष्ण मोहन साह

जगरनापुर,पर्साको जगरनाथपुर गाउँपालिकाको छैठौ गाउँसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । गाउँसभामा आर्थिक वर्ष ०७८÷०७९ को लागि ४० करोड ५ लाख ४६ हजार बजेट प्रस्तुत भएको छ । गाउँसभाको गाउँपालिका अध्यक्ष जालिम मियाँले एक कार्यक्रमकाबीच उद्घघाटन गर्नु भएको थियोे । गाउँपालिका अध्यक्ष जालिम मियाँले आफ्नो नाममा रहेका १४ कठा जग्गा गाउँपालिकाको नाममा दिने घोषणा पनि गर्नु भएको छ । घरघरमा ग्यास चुलो वितरण गर्ने सबै वडालाई एक आपसमा जोड्ने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निःशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखेर उपचार गर्ने लगायतका योजनालाई बजेटमा प्राथमिकता दिईएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मियाँले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, महिला बालबालिका, जेष्ठ नागरिक लगायत भौतिक बिकासमा जोड दिनुभएको थियो । उहाँले गाउँपालिकामा रहेका विद्यालयहरुमा प्राविधिक शिक्षा दिने जानकारी पनि दिनुभयो । जगरनाथपुर गाउँपालिकामा गरिब अतिबिपन अत्याधिक रहेकोले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष ०७८÷७९ को ४० करोड ५ लाख, ४६ हजार बराबरको अनुमानित बजेट शिक्षा संयोजक रामनरेश यादवले प्रस्तुत गर्नु भएको थियोे । गाउँसभाबाट समाजिक सुरक्षा कोष ७ करोड, बित्तिय सामानीकरणतर्फ ११ करोड ६८ लाख, प्रदेश सरकार ७९ लाख ८२ हजार प्रदेश बिषेश अनुदान ३० लाख, समपुरक अनुदान २० लाख आन्तरिक अनुदान ६ करोड, गरिब संग बिषेश्वर ५ लाख ४६ हजार लगायत ४० करोड ५ लाख ४६ हजारको बजेट प्रस्तुत भएको हो ।

गाउँपालिका अध्यक्ष मियाँको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रसाशकीय अधिकृत उत्तम कार्की, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वडा अध्यक्षहरू मंगरू राउत गद्दी, प्रभुप्रसाद नुनिया, लगायतकाले मन्तव्य राख्नुभएको थियो । सभामा कार्यपालिका सदस्य, गाउँपालिका महिला र पुरुष सदस्य, स्थानीयबासिन्दा, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियोे । गाउँ सभामा उपस्थित पत्रकार र महिला स्वयमसेविकाहरुलाई अध्यक्ष मियाँले सम्मानित गर्नुभएको थियोे । कार्यक्रम संचालन स्वास्थ्य शाखा संयोजक पुरेन्द्र साहले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here