नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई व्यक्तिको दुई दिनमा दुःखद निधन भयो । दिनदिनै संक्रमितको मृत्युको खबर सुन्नुपर्ने हो कि भन्नेजस्तो त्रासद् स्थिति सिर्जना भयो । विश्व नै महामारीको अवस्थामा रहेका बेला विगत महिनामा सुरक्षित देखिएको नेपालमा जसरी दुई घटना देखिए, त्यसलाई हेरेर लकडाउनलाई गम्भीर रुपमा पालना गर्नुपर्ने देखिएको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको निर्णय सही भए पनि कार्यान्वयन तहमा कमजोरी रहनु चिन्ताको विषय भएको छ ।

 

 

 

 

कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले पुनः लकडाउनको अवधि बढाउने भएको छ । सरकारले सवारी पासको नाममा गरेको हेलचेक्र्याइँका कारण आज शहर र गाउँ दुवै त्रसित छन् । लकडाउनकै बीचमा शहरमा रहेका नागरिकलाई गाउँ लैजाने काम गरियो । शहरमा अलपत्र परेका नागरिकलाई गाउँ लैजाने काम ठीक थियो तर सुरक्षा सतर्कता अपनाउन नसक्दा गाउँमा झन् भय फैलिएको छ । शहरबाट गाउँ पुगेकाहरू निर्बाधरूपमा हिँडडुल गरिरहेका छन् ।

 

 

 

 

यसरी नै कोरोना भाइरसको संक्रमण फैलिन न्यूनतम तीन साता भनिए पनि महिनौं दिनपछि संक्रमण देखापर्ने गरेको घटना बाहिर आएका छन् । रोग लाग्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेझैं सरकारले समयमा नै लकडाउन गरेको जोखिम फैलिन नदिन लिएको निर्णय सही हुँदाहुँदै पनि सवारी पासको नाममा राजधानी भित्रने र बाहिरिने नागरिकका कारण जोखिम झन् बढेको छ । लकडाउन पालना गर्नमा नागरिकको तर्फबाट शुरूको चरणमा देखाइएको तत्परता अहिले देखिएको छैन ।नागरिकहरुको मृत्यु हुनु दुखद हो अब यो नदोहोरियोस् यसका लागि सरका।रले नीति सपष्ट बनाउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here